काठमाडौं । भारतको बरौनी डिपोबाट २० हजार लिटर पेट्रोल बोकेको ना ४ ख ३०८५ नम्बरको ट्यांकर गत सोमबार नेपाल आयल निगमको थानकोट डीपोमा आइपुग्यो । डिपोका प्राविधिकले पेट्रोलको गुणस्तर परीक्षण गर्दा उक्त ट्यांकरको एक चेम्बरमा ६०० लिटरभन्दा बढी तारपिन मिसावट भएको भेटियो ।

Advertisements

चालकले ट्यांकरबाट ६०० लिटर पेट्रोल झिकेर ६०० लिटर तारपिन तेल हालेका थिए । चालक सचिन सुवेदीले हालको बजार मूल्यअनुसार ६४ हजार २०० रुपैयाँको पेट्रोल झिकेको डिपोका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार, अलि पहिल्यै पेट्रोल भरिए पनि उक्त ट्यांकर ढिला गरी काठमाडौं आएको थियो ।

मिसावट फेला परेलगत्तै डिपोप्रमुख प्रदीपकुमार यादवले चालक सुवेदीलाई महानगरीय प्रहरी वृत्त चेक पोष्टको जिम्मा लगाए । ‘मिसावटमा शून्य सहनशीलता भन्ने माथिको आदेश छ, हिजोआज पहिले प्रहरीको जिम्मा लगाएर मात्रै कागजी प्रक्रिया सुरु हुन्छ,’ डिपो प्रमुख यादव भन्छन्

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्