रौतहट । रौतहट नरसंहारका अर्का नाईके अफताब आमालका सहयोगीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उक्त नरसंहारका अर्का अभियुक्त बाराको सिम्रणगढ नगरपालिका वडा नम्वर ४ का बद्री सहानीलाई प्रदेश २ बाट खएिको प्रहरी टोलीले नेपाल भारत सीमामा पर्ने रौतहटको बड्की बकुलबाट पक्राउ गरेको हो । प्रदेश २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहका अनुसार बद्री २०६४ सालको संबिधान सभा चुनावको अभिल्लो दिन राती बम बनाउँदा मृत्यु भएका तथा घाइतेलाई ईट्टा भट्टामा ज्यूँदै जलाउने कार्यमा संलग्न थिए ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्