पश्चिम सिक्किमको रिन्चेनपोङस्थित साफेल वार्डमा पहिरोले दुई घर पुर्दा एकजनाको मृत्यु भएको छ।

Advertisements

शुक्रबार राति ८ः३० बजे बजे गएको पहिरोले स्थानीयका दुई घर पुर्दा एक जनाको मृत्यु हुनेका साथै एक जना बेपत्ता र तीन जना घाइते बनेका हुन्।

बेपत्ता हुने महिला रहेको र उनको उमेर ६० वर्षभन्दा माथि रहेको पश्चिमको प्रशासनले जनाएको छ। त्यस्तै  पहिराेमा परेर तीन जना घाइते बनेका छन्।  प्रशासनका अनुसार घाइते हुनेमा ३१ वर्षीय डुकनम लेप्चा, उनकी पत्नी २९ वर्षीया लाकित लेप्चा र १० वर्षीय सोमदेन लेप्चा रहेका छन्।

गाउँ माथिबाट सोहोरिएर झरेको पहिरोले दुई वटा घरलाई पुरेको थियो। पहिरोले लेप्चा परिवारका साथमा बस्तुभाव समेत पुरेको छ।

सुरुमा दुई महिला बेपत्ता बनेको भए पनि एसडीआरएफ, प्रशासन, स्थानीय पञ्चायत र गाउँलेहरू शनिबार बिहान एक महिलाको शव निकाले र बेपत्ता एक जनाको खोजी गरिरहेका छन्।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्