जुम्ला । जुम्लाको खलंगास्थित चन्दननाथ मन्दिरबाट चार वर्षअघि चोरी भएका दुई थान मूर्ति फेला परेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाको संयुक्त अनुसन्धान टोलीले दुई थान मूर्तिसहित तीन जनालाई सोमबार पक्राउ गरेको हो।

Advertisements

पक्राउ पर्नेमा चन्दननाथ–१० बोहोरा गाउँका ३२ वर्षीय सुशील विष्ट, २३ वर्षीय सुदीप रावल र तातोपानी गाउँपालिका–८ का २८ वर्षीय जयलाल थापा रहेका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए।

११ मंसीर २०७३ मा चन्दननाथ मन्दिरबाट मूर्ति चोरी भएका थिए। अभियुक्त विष्टको बोहोरागाउँमा रहेको जग्गामा सुकेको घाँसको थुप्रोको बीचमा खादामा बेरी राखेको अवस्थामा मूर्तिहरु भेटिएको बास्तोलाले बताए। पक्राउ परेकाहरुसँग सम्बन्धित जुम्ला प्रहरीले सोधपुछ र अनुसन्धान गरिरहेको उनले बताए।

जुम्ला प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले एउटा मूर्ति २०४१ कात्तिक ८ गते मिति उल्लिखित ४५० ग्रामको रहेको बताए। पाँच इन्च उँचाइ र पाँच इन्च गोलाइ भएको भगवतीको मूर्ति चाँदी जस्तो देखिने धातुको रहेको उनले जानकारी दिए।

उनका अनुसार, अर्को मूर्ति सात इन्च उँचाइ र ९५ इन्च गोलाइ भएको ८९० ग्रामको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्