सप्तरी । सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना संक्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ ।

Advertisements

राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा गाउँपालिकाका अध्यक्ष ६० वर्षीय पुरुष र कृषि शाखाका संयोजक ५७ वर्षीय पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, अध्यक्षसहित उनका ४० वर्षीय छोरा, १५ र आठ वर्षीय नाती, ४० वर्षीय चालकपनि कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।

गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले अर्को सूचना नभए सम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको बताए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्