बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका-४, आमचौरस्थित सडकखण्डमा शुक्रबार जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

Advertisements

आमचौरबाट कुलाउतर्फ जाँदै गरेको से.१ ज ८८८ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खस्दा जिपमा सवार १० जना घाइते भएको बैतडी प्रहरीले जनाएको छ । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका-४ का ४५ वर्षीय बलबीर सार्की लगायत १० जना रहेका छन् ।

प्रहरीका अनुसार घाइतेहरुलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि डडेल्धुरातर्फ पठाइएको छ ।

जिपका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्