थमन चौधरी                                                               दाङ ।  बिगत केहि बर्षदेखी रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत नेपाली सहयोगी मन भएका बर्खु चौधरीले एक पीडित परिवारलाई आर्थिक रकम सहयोग गर्नुभएको छ। बर्खु चौधरीको नेपाल घर कपिलबस्तुको चन्द्रौटामा पर्दछ, यसरि बिदेशी भूमिमा रहेर सहयोग गर्ने सहयोगी मनहरुलाई हृदय देखि धन्याबाद, सलाम छ।

Advertisements

नेपालको दाङ् जिल्ला तुलसीपुर . १३ ढकना निवासी सीता चौधरीलाई सहयोग स्वरुप नेपाली रु . २० हजार ३७ रुपैयाँ ६० पैसा सहयोग गरेको नेपालबाट यसै सहयोग अभियानमा लागीपरेका समाजिक ब्यक्तित्व तथा सञ्चारकर्मी थमन चौधरीले बताउनुभयो।

घरको आर्थिक अवस्था एकदमै नाजुक रहेको र घरमा दुई छोरी मात्रै रहेको सिताको श्रीमान राज कुमार चौधरी परिवारको पालनपोषण गर्न र छोरीहरुलाई पढाउन लेखाउन सहयोग पुगोस् भन्ने सोचको साथ आजभन्दा २ बर्ष अगाडि वैदेशिक रोजगारीको निम्ति साउदी अरब काम गर्न गएका थिए। गाउँबाट साहु संग जसोतसो ऋण काढेर साउदी गएका राजकुमारले भनेजस्तो काम पनि पाएन र तलव पनि पाएन , रोजगारदाता कम्पनी नराम्रो परेपछि काम गर्न नपाएर लिइएको ऋण समेत तिर्न सकेनन् राजकुमारले।

ऋणको भारी टाउकोमाथी रहेकैबेला अच्चानक कोरोना भाइरसको संक्रमणले राजकुमारको साउदीमै मृत्यु भएको खबर निजको श्रीमति सीता चौधरीले भावुक हुँदै प्रदेश अनलाईन सुनाइन्। अल्पआयुमै घरमुलि श्रीमानको मृत्यु भएपछि पारिवारिक खर्च धान्न समेत धौँ धौँ परिरहेको कुरा सुनाउदै सहयोगको याचना गरेकी छिन सिताले।

(यदि कोहि मनकारी ब्यक्ति सीता चौधरी र उनका दुई छोरी बच्चाहरुलाई जीवन जिउनको लागी सहयोग गर्न चाहनुहुन्छ भने , यस् अभियानका अभियान्ता थमन चौधरीको नेपालको मोबाईल नम्बर +977982-8950013 मा टेलीफोन मार्फत सम्पर्क गरेर बुझ्न र सक्दो सहयोग गर्न सक्नुहुनेछ।)

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्