नेपालगन्ज ।  कोरोना भाइरसले प्रभाव पारेको समयमा पनि नेपालगन्जमा उत्साहजनक रुपमा उद्योग दर्ता भएका छन्। लकडाउनले अर्थतन्त्रमा असर गरिरहेका बेला स्थापना भएका उद्योगले बाँकेमा नयाँ उत्साह थपेको छ।

Advertisements

लकडाउनले देशलाई आर्थिक भार पर्ने आर्थिक विज्ञहरुले अनुमान गरिरहेका बाँकेमा कृषि र पशुपालन पेसाका लागि धेरै फर्म दर्ता भएका छन्। पछिल्लो समय कृषि र पशुपालनका क्षेत्रमा काम गर्ने युवाको संख्या बढ्दो क्रममा छ। जसले अप्ठ्यारो समयमा व्यवसायका क्षेत्रमा नयाँ आसाका किरण छर्ने काम गरेको छ।

लकडाउनको समयमा पनि थुप्रै युवामा आसा पलाएको संकेत गरिरहेको छ घरेलुमा दर्ताको भएका उद्योगको संख्याले ।

घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा २०७६ चैतदेखि भदौसम्म दुई सय ७७ नयाँ उद्योग तथा व्यवसाय दर्ता भएको छन्। जसमा २०७७ साउन र भदौमा मात्रै एक सय ७६ नयाँ फर्म दर्ता भएका छन् भने गत चैतदेखि असारसम्म एक सय एक नयाँ फर्म दर्ता भएका छन्।

घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकृत काशीलाल अधिकारीका अनुसार २०७६ को अन्तिम चौमासिक अन्तर्गत चैत र असारमा मात्र उद्योग दर्ता भएका थिए।

अधिकारी भन्छन्, ‘गत आर्थिक वर्ष चैतको पहिलो साता केही उद्योग दर्ताका भएका थिए। त्यसपछि लकडाउन भयो। लकडाउनका कारण बैशाख र जेठमा नयाँ फर्म दर्ता हुने कुरै भएन। असारमा भने लकडाउन खुलेका कारण नयाँ फर्म दर्ता भएका हुन्।’

गत आर्थिक वर्षमा घरेलुले एक हजार ४० नयाँ फर्म दर्ता गरेको थियो। घरेलुमा दर्ता हुने नयाँ फर्ममा धेरै जसो कृषि तथा पशुपालन सम्बन्धी उद्योग रहेको उद्योग विकास सहजकर्ता प्रिया खड्काले बताइन्।

खड्का अनुसार घरेलुमा कृषि तथा पशुपालन सम्बन्धी उद्योग धेरै दर्ता भएका छन्। जसमा कुखुरा पालान, बाख्रा पालन, पशुपन्छी पालन रहेका छन्। साथै राइस मिल तथा होटेल व्यवसाय पनि दर्ता भएका छन्।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्