कारागार चलान भएका भुसाल गोलो घेरा भित्र

दाङ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था वीपी युवा मन्च तुलसीपुरका संयोजक केशवराज भुसाल जेल चलाउन भएका छन् । उनले २०७० साल मंसिरमा ज्यान मार्ने उदेश्यका साथ तुलसीपुरका कृष्ण सागर वलीलाई आक्रमणगरी शक्त घाइते बनाएका थिए । दाङ देउखुरी जिल्ला अदालतले दोषी ठहर गर्दै २०७५ मंसिर २२ गते  ५ बर्ष जेल सजायको फैसला गरेको थियोे । तर,भुसाल विभिन्न व्यक्तिको संरक्षणमा पक्राउ परेका थिएनन् । उनलेे पक्राउ गर्न आउने प्रहरीलाई समेत प्रभावमा पारी खुलेआम हिड्दै आएका थिए । उनलाई समय काँग्रेस केन्द्रीय सदस्य दिपक गिरीले संरक्षण गर्दै आएका थिए । उनले अपराध लुकाउन पछिल्लो समय मिडियामा लगानी समेत गरेका थिए । उनलाई ईप्रका तुलसीपुरले सोमबार पक्राउगरी बुधबार अदालत बुझाएको थियोे । अदालतले उनलाई तुलसीपुर कारागार पठाएको छ । अब उनको कारागार बसाइँ ५ बर्ष हुनेछ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्