सप्तरी । वैदेशिक रोजगारीबाट दुई हप्ताअघि घर आएका सप्तरी विष्णुपुर गाउँपालिका–१ जमुनी मधेपुराका २५ बर्षीय श्रवण मुखियाको उनकै साथीले हत्या गरेको खुलेको छ ।

Advertisements

२८ बर्षीय सुरेन्द्र यादवले श्रवणको हत्या गरेको गाउँको पञ्चायतीसमक्ष स्वीकार गरेका छन् ।

विदेशबाट घर आएका श्रवण असोज २४ गते शनिबार साथी सुरेन्द्रसँग घुम्न गएका थिए । पछि सुरेन्द्र घर फर्किएपनि उनको साथमा गएका श्रवण फर्किएनन् । श्रवणका परिवार र स्थानीयले धेरै सोधपुछ गर्दा पनि यादवले यसबारे बताएनन् ।

‘यसबारे मलाई केही थाहा छैन भन्दै यादव पन्छिरहे’ स्थानीय जिबछ दासले भने, ‘तर गाउँमा यही बिषयलाई लिएर दुई दिन पञ्चायती नै बसेपछि यादवले हत्या गरेको स्वीकार गरेका छन् ।’

स्थानीयका अनुसार यादव लागूऔषध सेवन गर्ने व्यक्ति हुन् । उनले मुखियाको हत्या गरेको बताएपछि स्थानीयले उनलाई प्रहरीको जिम्मा लगाएका छन् ।पञ्चहरुका सामु यादवले आफू श्रवणलाई लिएर भारत गएको र उताबाट फर्केपछि बाटोमा भनाभन हुँदा कुटपिट गरी हत्या गरेको स्वीकारेका छन् । मुखियाको मोवाइल लिने बिषयमा विवाद हुँदा गत शनिबार राति हत्या गरेर डाक्नेश्वरी नगरपालिकाका–६ औरहीस्थित खडक नदीको खोलामा फालेको बयान दिएका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्