बुटवल । गुल्मीकी एक कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु भएको छ । रेसुंगा नगरपालिका–३ तम्घासकी ५३ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

Advertisements

असोज ३० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको सोही दिन साँझ साढे ६ बजे को आईसीयूमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे ।प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गुल्मीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ७ पुगेको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्