बारा — पर्सा औद्योगिक करिडोरको एउटा कारखानाका नाममा जग्गा किर्ते गरेर बिक्री भएको खुले पनि सम्बद्ध निकायले कुनै कारबाही नगरेपछि सञ्चालक तनावमा छन् ।

Advertisements

बैंकमा धितो राखेर ऋण लिन खोज्दा उक्त जग्गा बिक्री भइसकेको कारखाना सञ्चालकले थाहा पाएपछि अख्तियार र मालपोतमा उजुरी दिएका थिए ।पथलैया–वीरगन्ज ६ लेनको राजमार्गसँगै जोडिएको ६ बिघा ४ कट्ठा १९ धुर जग्गा किर्ते गरी बेचबिखन भएको हो ।औद्योगिक करिडोरमा पर्ने उक्त आकर्षक जग्गा अर्को व्यक्तिले आफ्नो नाममा पारेर दोस्रो/तेस्रो व्यक्ति र कम्पनीसित बिक्री गरेको खुलेपछि कारखानाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । । जग्गाको चलनचल्तीको बजार मूल्य ६० करोडभन्दा माथि पर्न आउने दाबी कारखानाको छ ।

वीरगन्ज–१३ स्थित नेपाल ननफेरस उद्योग प्रालिका नाममा रहेको बाराको जितपुर सिमरा–३ को ११ बिघा १८ कट्ठा ४ धुर जग्गामध्ये १० वटा कित्ताको ६ बिघा ४ कट्ठा १९ धुर मोहडा जग्गा मालपोतका कर्मचारी, लेखापढी व्यवसायी र भूमाफियाको मिलेमतोमा अर्कैका नाममा लिखत पास भई बेचबिखन भएको हो ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्