दाङ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका एक व्यक्ति १६ बर्षपछि पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ कटाहका ४७ बर्षिय लिलाधर भण्डारीलाई अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेकाले पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।
दाङ प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार भण्डारीलाई २०६१ साल चैत २९ गते सर्वोच्च अदालतले गाउँकै एक व्यक्ति हत्यामा संलग्न भएको ठहर गर्दै ५ बर्ष कैद सजाय तोकेको थियोे । सर्वोच्च अदालतले कैद सजाय तोके पनि भण्डारी हालसम्म पक्राउ परेका थिएनन् । उनलाई दाङ प्रहरीले १६ बर्ष पछि कार्तिक २३ गते घरबाटै पक्राउगरी अदालतमा बुझाएको छ । अदालतले भण्डारीलाई जेल चलान गरेको छ ।




