दाङ । प्रहरीले अपहरण तथा लुटपाटका अभियुक्त पारस केसीलाई पक्राउ गरेको छ । केही बर्ष पहिले राम्रीमा बस लुटपाट गरेको र एक युवतीलाई अपहरण गरेको अभियोगमा पक्राउ गरिएको हो ।                                                यसअघि पनि पक्राउ परेका उनी हत्कडी सहित फरार भएका थिए ।  घोराही ५ घर भएका उनलाई जिप्रका दाङबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले तुलसीपुर ११ सुकाैराबाट पक्राउ गरेको हो । केसीलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्