काठमाडौ । ललितपुरबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् । उनीहरू शुक्रबार राति ललितपुर महानगरपालिकाको ज्वागलबाट ४१ वर्षीय प्रेम दर्नाल र ३९ वर्षीय सञ्जिव नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

ललितपुर महानगरीय प्रहरी परिसरका एसएसपी टेकप्रसाद राईका अनुसार उनीहरू केन्द्रीय आर्थिक विभाग सदस्यहरू हुन् । उनीहरूले चन्दा उठाउँदै हिँड्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको एसएसपी राई जानकारी दिए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्