काठमाडौ । काठमाडौं महानगरपालिकाले आइतबारदेखि निःशुल्क पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ।

Advertisements

शनिबार राष्ट्रिय विभूति शंखधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले नि:शुल्क पिसिआर परीक्षण गराउन लागेको जानकारी दिएका हुन्।

उनले कार्यक्रममा पत्रकारहरूसँग बोल्दै आइतबारदेखि स्वाब संकलन गर्ने कार्यलाई पुन: सूचारू गर्न लागेको बताए।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्