बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूँजीगत खर्च बढाउन र विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिन निर्देशन दिनुभएको छ ।
प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समिक्षा कार्यक्रममा मन्त्रालयहरुको प्रस्तुतीपछि उहाँले पूँजीगत खर्च बढाउनैपर्ने बाध्यताले गुणस्तरलाई ख्याल नगर्ने प्रवृति आउन सक्ने भएकाले सजग भई अघि बढ्न ध्यानाकर्षण गराउनुभयो । नतिजामुखी र प्रतिफलमुखी आयोजनामा रकमान्तर गरेर भएपनि बजेटको कमि हुन नदिन अहिलेदेखि नै काम थाल्न उहाँले निर्देशन दिनुभयो । उहाँले प्रदेशको अर्थतन्त्र माथि उकास्ने र रोजगारी श्रृजना गर्ने खालका विकास आयोजनामा ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले बजेट खर्च गर्दा पूँजीगत खर्च अधिकतम गर्न र साधारण खर्चमा मितव्ययी बन्नुपर्ने बताउँदै साधारण खर्च बढाएर लक्ष्यमा पुग्ने प्रवृति रोक्न निर्देशन दिनुभयो । साधारण खर्चमा मितव्ययी बन्ने हो,पूँजीगत खर्च बढाएर नतिजा निकाल्ने हो— उहाँले भन्नुभयो । उहाँले पर्यटकीय गतिविधिलाई प्रभाव पार्ने आयोजनालाई केन्द्रीत गर्न निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्