दाङ । लागूऔषध सहित बस सह चालकलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुरको बसपार्क बाट ना १ ख १६८२ नम्बरको बसबाट सोही बसका सह चालकलाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो । ईप्रका तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार पक्राउ पर्ने तुलसीपुर १९ का देबबहादुर खड्का पक्राउ परेका हुन् । प्रहरीले उनको साथबाट ट्रमाडोल १२०ट्याब्लेट र नाइट्राडाइजेपम ३ सय ४५ ट्याब्लेट बरामद गरेको छ । खड्कालाई जिप्रका बाट खटिएको सादा पोशाकमा खटिएको प्रहरी टोली पक्राउ गरेको हो ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्