बुटवल । रुपन्देहीमा कस्तुरीको विना अवैधरुपमा ओसार पसारमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् । देवदह नगरपालिका– १० भलुहीबाट एकथान कस्तुरीको विनासहित तीनजना पक्राउ परेका हुन् ।

Advertisements

भलुहीका टेकबहादुर बिकको घरमा शंकास्पद रुपमा बसेका अर्घाखाँची छत्रदेव गाउँपालिका– २ का सुकुरदिन मिया, बाग्लुङ नगरपालिका–६ का रमेश विक र बुटवल–११ बस्ने दीपक विश्वकर्मा पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट खैरो रौंसहित कस्तुरीको ६१.४० ग्राम विना फेला परेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्