पुल शिलन्यास गर्नुहुँदै मुख्यमन्त्री शंकर पोखरेल

दाङ । तुलसीपुरको राइखलियान र टिकरीलाई जोड पातुखोलामा पक्की पुल बनाउन सुरु गरिएको छ । ८ करोड ३१ लाख ६४ हजार २ सय २५ रुपैँयाको लगानीमा बन्न लागेको पुलको लम्बाई ७० मिटर र चौडाई १० मिटर रहेको छ ।

Advertisements

२०७९ असोज ३० गतेभित्र बनिसक्नुपर्ने उक्त पुलेको शिलन्यास एक समारोहकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गर्नुभयो । पुल शिलन्यास समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पोखरेलले पश्चिम दाङले अब विकासको फड्को मार्ने बताउनुभयो । पातुखोलामा केही बर्षभित्र चारवटा पुल बनिसक्ने बताउँदै उहाँले पश्चिम दाङको विकासकालागी प्रदेश सरकार गम्भीर भएको बताउनुभयो ।

उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले विकासमा चासो राखेपनि जनताले अब विकासकालागी गुहार माग्न नपर्ने बताउनुभयो । त्यसअघी शाहिकालमा राजाको जयजयकार गर्दै राप्रपा भएर तत्कालीन एमालेमा प्रवेश गर्नुभएकी राष्ट्रिय सभा सदस्य कोमल वलीले जनताले मागे मात्रै विकास हुने अभिव्यक्ति दिनुभएको थियो ।

मुख्यमन्त्री पोखरेलले वलीको भनाईको खण्डन गर्दै भन्नुभयो,‘हामी यहीँ जन्मेहुर्केका जनप्रतिनिधी छौँ । यस्तो बेला पनि यहाँका जनताले विकास माग्नु प¥यो भने हामीलाई जिताएको के काम ?’ राष्ट्रिय सभा माननीय ज्यूले माग गरे पो विकास गरे पो पाइन्छ भन्नुभयो । मुख्यमन्त्री पोखरेलले भन्नुभयो,‘ तर,कुरा त्यसो होइन । प्रदेश सरकारले कहाँ के गर्नुपर्छ भन्ने कुरा बुझ्छ ।’ मुख्यमन्त्री पोखरेलले आफ्नै अगाडी आफ्नो कुरा काटेपछी सधै हँसिलो अनुहार बनाउने वलीको अनुहार एकाएक कालो बनेको थियो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्