गृह मन्त्रालयले नदीजन्य पदार्थको उत्खनन्, संकलन, बिक्री वितरणमा रोक लगाउन मातहतका निकायमा गरेको परिपत्रले स्थानीय तहको आय स्रोतमा असर परेको उनीहरूको दाबी छ ।गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जु र जिसस महासंघकी अध्यक्ष सीता सुन्दासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालयले जारी गरेको निर्देशनले निकासी ठप्प हुँदा आन्तरिक आय संकलनमा धेरै असर पर्ने तथा प्रमुख निर्माण सामग्रीको रुपमा रहेको नदीजन्य पदार्थलाई रोक्दा साना ठूला सबै प्रकारका विकास आयोजनाहरूमा प्रत्यक्ष असर पर्ने हुँदा हाल गरिएको अवरोधलाई खुला गराउन जोडदार माग गर्दछौं ।’

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्