
दमक । टाटा सुमो गाडीले ठक्कर दिँदा शनिबार बिहान झापाको कमल गाउँपालिका-५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ ।
Advertisements

पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा शनिबार बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे१ज २००४ नम्बरको टाटा सुमोले बाटो काट्दै गरेका कमल-६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

