काठमाडौं । बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले काठमाडौं महानगरपालिका-९ जयबाबा गोरख कन्स्ट्रक्सन प्रालिका सञ्चालक श्यामकुमार श्रेष्ठलाई पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाले उनलाई मंगलबार दिउँसो १ बजे सीतापाइलाबाट पक्राउ गरेको हो।

Advertisements

उनीविरूद्ध पुरानो बानेश्वरस्थित समानान्तर निर्माण सेवा प्रालिका निरोजकुमार थपलियाले उजुरी दिएका थिए।

श्याम श्रेष्ठले नागार्जुन नगरपालिकास्थित सीतापाइला सडकखण्डमा काम गरेबापत रकम दिनुपर्ने थियो।

Advertisements

उनले ग्लोबल आइएमई बैंक कान्तिपथ शाखाको एक करोड ३६ लाख १० हजार २ सय ८८ को रकम नभएको चेक दिएका थिए। रकम नभएको चेक काटेर दिएपछि प्रहरीकोमा उजुरी परेको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्