दाङ । तुलसीपुरको गादिबरा सामूदायिक जंगलमा प्रहरीले तीन थान भरुवा बन्दुक फेला पारेको छ । स्थानीयले जंगलमा बन्दुक देखेपछी प्रहरीलाई खबर गरेका थिए ।

Advertisements

स्थानीयको खबर पाएपछी गएको प्रहरीले उक्त जंगलमा साजको रुखको टोट्कामा लुकाइएको अवस्थामा लोड गरिएका तीन थान बन्दुक फेला पारेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले जानकारी दिएका छन् । बन्दुक कसले लुकाएको हो भन्ने बिषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्