दाङ । नेकपा दाङ(ओली समुह)का अध्यक्ष हुकुम बस्नेतले तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनको समन्वय गर्ने जिम्मा उद्योग बिभागलाई दिइएको बताउनु भएको छ ।

Advertisements

उहाँले प्रदेश अनलाइनसँग कुरा गर्दै यस्तो बताउनु भएको हो । उहाँले उद्योग बिभागले उद्योगी,व्यवसायीमा पार्टी फुटको असर पर्न नदिएर राम्रो सन्देश दिएको समेत बताउनुभयो । तुलसीपुर उद्योग बाणिज्य संघको चुनावमा उमेदवार चयन गर्न उद्योग बिभागले कार्यदल बनाएको र सोही कार्यदलले चयन गरेका व्यक्ति नेकपाका आधिकारिक उमेदवार हुने स्पष्ट पार्नुभयो । ´तुलसीपुर उद्योग बाणिज्य संघको चुनावमा समन्वय गर्ने जिम्मेवारी हामीले उद्योग बिभागलाई दिएका छाैँ ।`उहाँले भन्नुभयो उद्योग बिभागले कार्यदल बनाएको छ । त्यहीँ कार्यदलले नेकपाका उमेदवार चयन गर्छ । केही संचार माध्यममा आफुले नबोलेका कुरा आएको भन्दै बस्नेतले भ्रमका पछाडि नलाग्न सबैलाई आग्रह समेत गर्नुभएको छ ।

तुलसीपुर उद्योग बाणिज्य संघको चुनावी परिणाम आफ्नो पक्षमा पार्न नेकपा दाङको उद्योग बिभागका प्रमुख गेहेन्द्र बस्नेत र उपप्रमुख यज्ञ केसी सक्रिय भएर लाग्नुभएको छ । उहाँहरूको सक्रियतामा नेकपा सम्बद्घ व्यापारी एकजुट भएर चुनावको तयारीमा लागेका छन् ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्