गणेश आचार्य
दाङ । पार्टी बिभाजनलाई बेवास्ता गर्दै तुलसीपुर उद्योग बाणिज्य संघमा व्यवसायी एकताको सन्देश दिएको नेकपाको नेतृत्व अपरिपक्व देखिएको छ ।

Advertisements

नेकपाले उमेद्वारी मनोनयन गर्दा नराम्ररी चुकेको छ । पार्टीले महासचिवमा नरेस राजभण्डारी र कोषाध्यक्षमा पवित्रा केसीलाई उमेद्वार बनाउने निर्णय गरेपनि पार्टीलाई थाहै नदिएर चुनावी कमान्डरले महासचिव र कोषाध्यक्षको मनोनयन नै दर्ता नगरी निरीहता प्रकट गरेका छन् ।

उमेदवारको मनोनयनको दर्ता गर्ने बेला नेकपाका चुनावी कमान्डर नारायण खनालको ठाडो आदेशमा व्यवसायी नीमबहादुर केसीले  महासचिव र कोषाध्यक्षको मनोनयन नै दर्ता नगरिएको हो ।
नेकपाले अगाडि सारेका महासचिवका उमेदवार राजभण्डारी र कोषाध्यक्षका उमेदवार केसी हेभीवेट व्यवसायी  हुन् । काँग्रेसले महासचिवमा अघि सारेका केशव खत्री र कोषाध्यक्षमा अघि सारेका डिलबहादुर वली राजभण्डारी र केसीको तुलनामा ´लो प्रोफाइल` व्यवसायी हुन् । नेेेेेेकपाले महासचिव र कोषाध्यक्षमा उमेद्वारी दर्ता नगराएर सहमतिमा नेतृत्व चयन गर्दा चाहिने बार्गेनिङ पावर समेत घटाएको छ ।

Advertisements

काँग्रेसका उमेदवारलाई सजिलै हराउन सक्ने उमेदवार आफुसँग हुँदाहुँदै पनि आफ्ना उमेदवार र पार्टी नेतृत्वलाई थाहै नदिएर मनोनयन दर्ता नगराउनुलाई अर्थपूर्ण रूपमा हेरिएको ।

नेकपाले महासचिव र कोषाध्यक्षमा उमेद्वारी नदिनुलाई काँग्रेस भित्रको असन्तुष्ट समुहसँग नेकपाले अघोषित सहकार्य गर्न लागेको व्यवसायीबीच चर्चा चल्न थालेको छ । उद्योग बाणिज्य संघमा चरम राजनीति गरिनुहुदैन भन्ने लाइनको नेतृत्व गर्ने पुर्व अध्यक्ष विमल रिजालको समुहले महासचिव र कोषाध्यक्षमा उमेद्वारी दर्ता गराएको छ ।रिजाल समुहले महासचिवमा विनिल केसी र कोषाध्यक्षमा देवबहादुर केसीलाई अघि सारेको छ । दुबै केसी तुलसीपुरमा लोकप्रिय व्यापारी हुन् । नेकपाले महासचिव र कोषाध्यक्षमा उमेद्वारी नदिनुको कारण रिजाल समुहसँग चुनावी तालमेल गर्ने रहेको नेकपा निकट क व्यवसायीले बताएका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्