दाङ । आगामी फागुन १ गते हुन लागेको तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनकालागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट बामपन्थी प्यानलले चुनाब प्रचार अभियानलाई तिब्र पारेको छ । मगलबार हापुरे, श्रीगाउँ, पवननगर, हंसपुर, खिलतपुर, तुलसीपुर, विजौरीलगायतका व्यबसायीसंग भेटघाट तथा छलफल गरेका छन् ।

Advertisements

त्यस अवसरमा अध्यक्ष पदका उम्मेदवार रामप्रसाद चालिसे, बाणिज्य तर्फका उपाध्यक्ष मिनराज भण्डारी, उद्योग तर्फका उम्मेदवार यज्ञबहादुर केसी, खुल्ला तर्फका उम्मेदवार रुपबहादुर केसी, सचिब पदका उम्मेदवार बेदप्रसाद वली, सहकोषाध्यक्षका उम्मेदवार टेकप्रकाश केसीलगायत सदस्य पदका अन्य उम्मेदवारहरुले व्यबसायीको हकहितका लागि विगतदेखि लड्दै आएको र आगामी दिनमा पनि लड्ने प्रतिबद्धता जनाएका थिए ।

 

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्