कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको लम्की चुहा १० चुहामा ट्रकले मोटरसाइकल लाई ठक्कर दिदा लम्कीचुहा नगरपालिका वडा नं ४ बलिया बस्ने दिनेश चौधरी मृत्यु भएको हो ।

Advertisements

पुर्वबाट पश्चिम जादै गरेको ना ५ ख ८४०६ नम्बरको ट्रकले अस्थायी नम्बरको लु ७८ प ३९०५ को नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्कर बाट गम्भीर घाइते चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।
कैलालीको जानकी गाउँपालिका वडा १ तोरयापुरमा अन्दाजी १६ वर्षीया सन्ध्या चौधरी घाइते भएकी छन् उपचारको लागि कोहलपुर शिक्षण अस्पतालमा रेफर
गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतीक बिष्टले जानकारी दिए । अहिले सडक अवरुद्ध छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्