काठमाडौं : महोत्तरीको गौशालास्थित सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ हवल्दार सरबन कुमार बस्‍नेतविरुद्ध अख्‍तियार दुरूपयोग अनुसन्‍धान आयोगले मुद्दा दायर गरेको छ । घरायसी प्रयोगका  लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घूस लिने उनलाई आयोगले नियन्‍त्रणमा लिएको थियो ।

Advertisements

बस्‍नेतलाई सेवाग्राहीसँग १५ हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध आइतबार काठमाडौं विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्