गणेश आचार्य
दाङ । उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमती  तुलसा लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेकी छन् ।
उनलाई प्रहरीले तुलसीपुर उपमहानगरपालिका ५ स्थित उनकै घरबाट २ ग्राम २६ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनी पक्राउ परेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले पुष्टि गरेका छन् । पोखरेललाई इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ । उनी न्यायाधीश पोखरेलकी कान्छी श्रीमती हुन् । उनको परिवारले भने उनीहरूबीच अंशबण्डा भएको र अलग बस्दै आएको बताएको छ ।

Advertisements

प्रतिक्रिया

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्