दाङ । दाङमा ११ बर्षिया बालिका सामूहकि बलात्कारमा परेकी छन् ।
बबई गाउँपालिका वडा नम्वर ५ ट्वाङखोलाकी ११ बर्षिया शीला खत्री(नाम परिवर्तन)लाई सोही ठाउँका दुई किशोरले बलात्कार गरेको इप्रका तुलसीपुरले जनाकारी दिएको छ ।
इप्रका तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक झलक शर्माका अनुसार मंगल बेलुकी छिमेकमा दही लिन जान लागेकी उनलाई ती किशोरहरुले कराएमा घाँटी काट्ने धम्की दिएर सामूहिक बलात्कार गरेका हुन् । बलात्कारका आरोपी क्रमश १२ र १३ बर्षमा छन् । उनीलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान थालेको छ भने अत्यधिक रक्तश्रापका कारण किशोरीको लुम्बिनी प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्