दाङ । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ स्थित रैजेखोला चौखेढुंगा वनमा लागेको आगो बस्तीमा पसेको छ । आगो बस्ती सल्केपछी झिम्पे दुदिल्य बस्तीमा भीषण आगलागी भएको छ । आगलागीबाट दुइवटा खरको छाना र एउटा टिनको छाना भएका घर जलेर नष्ट भएका छन् ।
आगो मानव बस्तीमा पुग्दा ददिराम खत्रीका दुइ घर र मोहलाल शर्माको एउटा घर जलेर वडा अध्यक्ष नेवबहादुर खड्काले जानकारीदिएका छन् ।
उनका अनुसार ज्ञानबहादुर वलीका बाहिर बाँधेका दुइवटा बाख्रा सुरक्षाकर्मी र स्थानीय आगो निभाउने प्रयासमा लागिरहेको र भिरालो घाँसेभुमी भएकाका कारण आगलानी नियन्त्रण गर्न समस्या भइरहेको वडा अध्यक्ष खड्काले जानकारी दिएका छन् ।




