काठमाडौ । यसपटकको आर्मी म्याराथनमा महिला हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीकी पुस्पा भण्डारीले हात पारेकी छन् । आज भएको हाफ म्याराथनमा पुस्पाले निर्धारित दुरी (२१ किलोमिटर) १ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पार गर्दै उपाधि जितेकी हुन् । उनलेे ट्रफी,नगत ७५ हजार र स्कुटी जितेकी छन् । पुस्पाले यसपटक लगातार दोस्रो पटक महिला हाफ म्याराथनको उपाधि जितेकी हुन् । उनी काठमाडौमा भएको साग गेमको महिला म्याराथन उपविजेता हुन भने बंगलादेशमा भएको दक्षिण एशियाली महिला म्याराथन प्रतियोगिताको विजेता हुन् ।
यस्तै आर्मीकी विश्वरूपा बुढा १ घण्टा २० मिनेट ९ सेकेन्डमा निर्धारित दुरी पूरा गरि दोस्रो भएकी छन् भने सशस्त्रकी बिन्दा श्रेष्ठ १ घण्टा २४ मिनेट ४६ सेकेन्डमा निर्धारित दुरी पूरा गरि तेस्रो भएकी छन् ।

Advertisements

 

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्