दाङ । पब्लिक ज्ञानज्योती कलेजको बस दुर्घटना हुँदा एकजना बिद्यार्थीको मृत्युु भएको छ । रा १ ख ४३३ नम्बरको बस तुलसीपुर-१५ सरैया डाँडामा दुर्घटना हुदाँ १२ कक्षमा अध्यनरत सम्झना केसीको मृत्यु भएको हो । जिप्रका दाङका अनुसार दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइते मध्ये किरण चाैधरीको अवस्था गम्भीर छ । उनलाई थप उपचारकालागि नेपालगन्ज मेडिकल कोहलपुर रेफर गरिएको छ । अरू २१ जना घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बिहान ५ बजे विद्यार्थी कलेज ल्याउन लागेको बसको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना बारे सबै विवरण आइसकेको छैन ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्