दाङ । उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमतीलाई दाङ अदालतले पुर्पक्षकालागि थुनामा पठाएको छ ।
न्यायाधीश पोखरेलकी श्रीमती तुलसा पोखरेले लागूऔषध ब्राउनसुगरको कारोबारमा संलग्न भएको आधार देखिने भन्दै दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले आज पुर्पक्षकाकालागि थुनामा पठाएको हो । न्यायाधीश पत्नी तुलसालाई दाङ प्रहरीले तुलसीपुर ५ स्थित उनकै घरमा उनको स्कुटरमा गत फागुन १६ गते २ ग्राम २६ मिलिग्राम ब्राउनसुगर र डिजिटल तराजु सहित पक्राउ गरेको थियोे ।
पोखरेललाई तुलसीपुर कारागारमा राखिएको छ । उनी न्यायाधीश पोखरेलकि कान्छी श्रीमती हुन् । न्यायाधीश पोखरेलले उनीसँग कुनै सम्बन्ध नभएको दावी गर्दै आएका छन् भने तुलसाले भने प्रहरीले नियन्त्रणमा लिँदा श्रीमानलाई फोन गर्ने भन्दै न्यायाधीश मदनको मोबाइल नम्बरमा फोन डायल गरेकी थिइन । मदनले न्यायाधीश नियुक्त नहुदै तुलसालाई कान्छी श्रीमतीको रूपमा भित्र्याएका थिए ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्