दाङ । नेपाल पत्रकार महासंघ दाङको अध्यक्षमा प्रेस चाैतारीका दुर्गालाल केसी विजयी भएका छन् । उनले प्रेस युनियन र प्रेस सेन्टर सहित ११ संगठनका उमेद्वार लक्ष्मी आचार्यलाई ११ मतले पराजित गरेका छन् । केसीले १३५ मत प्राप्त गरे भने आचार्यले १२६ मत ल्याएकीछन् ।
यस्तै उपाध्यक्षमा,महिला उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा भने आचार्य प्यानलका उमेदवारले जितेका छन् । उपाध्यक्षमा सन्तोष सुवेदी १६२ मतका साथ विजयी बनेका छन् । ओपेन्द्र बस्नेतले ९६ मत पाएका छन् । महिला उपाध्यक्षमा १७६ मत ल्याएर बसुन्धरा गाैतम विजयी भएकी छन् । उनका प्रतिस्पर्धी रञ्जिता शर्माले ८२ मत ल्याइन ।
सचिवमा १६२ मत ल्याएर आरके शितलले जित हात पारे भने अर्का प्रतिस्पर्धी गोकर्ण पाैडेलले ९३ मतमा सिमित भए । कोषाध्यक्षमा १३८ मतका साथ शरद रेग्मी विजयी भएका छन् । उनका प्रतिस्पर्धी प्रेम विवश घर्तीले ११० मत ल्याएका छन् ।
खुल्ला सहसचिव र समाबेशी सचिवमा प्रेस चाैतारीका विजयी भएका छन् । खुल्ला सहसचिवमा १ मतले दशरथ घिमिरे विजयी भएका छन् । घिमिरेले १२८ मत ल्याए भने भने प्रतिस्पर्धी राकेस बस्नेतले १२८ मत पाएका छन् । त्यस्तै समाबेशी सहसचिवमा १२९ मतका साथ दिप्तीशिखा चाैधरी विजयी भएकी छन् । उनका प्रतिस्पर्धी देवी भण्डारीले १२६ मत पाइन् ।
सदस्यमा भने गठबन्धनका सबै उमेदवार विजयी भएका छन् । लुम्बिनी प्रदेशमा प्रेस चाैतारीले दाङमा मात्रै अध्यक्ष जितेको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्