दाङ । प्रहरीले स्रोत नखुलेको भारतीय रुपैँयासहित एकजनालाई पक्राउ गरेको छ ।
घोराही बजारबाट अबैध तीन लाख ९५ हजार भारतीय रुयैँयासहित भालुबाङका लौकसु गुप्तालाई  जिप्रकाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले पक्राउ गरेको हो । गुप्ताले कम्मर र जुत्तामा पैसा लुकाएका थिए । प्रहरीका अनुसार २ हजारको नोट एकसय थान,५ सयको नोट ३ सय ८७ थान ,२० को नोट ३४ थान र १०को नोट १ सय ६२ थान नोट बराबद भएको छ ।
दाङ प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार अबैध भारतीय रुपैँयाबारे अनुसन्धान भइरहेको छ ।

Advertisements

 

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्