रूपन्देही  । एमालेकाे नेपाल समूहमा पहिलेबाटै खुलेर लागेका सत्तारूढ नेकपा एमालेका सांसद बिष्णु पन्थीले लुम्बिनी प्रदेशमा एमाले एकताबद्ध रहेकाे दावी गरेका छन् ।
लुम्बिनी प्रदेशसभामा सत्ता समिकरणकाे जाेड चलिरहेकाे समयमा सामाजिक सन्जाल फेसबुक मार्फत लुम्बिनी प्रदेशमा नेकपा एमाले संसदीय दल एकताबद्ध भएकाे र नेकपा एमाले भावनात्मक रुपमा एकताबद्ध गर्ने प्रयास जारी रहेकाे उनले उल्लेख गरेका छन् ।

Advertisements

विशेषगरी कर्णाली प्रदेशमा एमालेकाे माधव नेपाल समुहले फ्लाेर क्रस गरेपछि आेली समुह सशंकित भइरहेका बेला पन्थीकाे याे धारणा सार्वजनिक भएपछि मुख्यमन्त्री शंकर पाेखरेललाई राहत हुने भएकाे छ ।

लुम्बिनी प्रदेशमा माधव नेपाल समुहका बलियाे पक्षधरकाे रुपमा मानिएका सांसद पन्थीले मुख्यमन्त्री बिरुद्धकाे अबिश्वास प्रस्तावकाे पक्षमा लाग्नसक्ने अनुमान संचारमाध्यमहरुले गरेका थिए ।

Advertisements

पन्थीले आफू कहिल्यै पनि लुम्बिनी प्रदेश सरकार ढाल्ने पक्षमा नरहेको बताउँदै हल्लाका पछाडि नलाग्न आग्रह गरेका छन् । लुम्बिनी प्रदेश सभामा एमालेका ४१ सांसद छन् जसमध्ये माधव नेपाल समूहमा पन्थी र पाल्पाकी रमा घर्ती रहेका थिए । घर्ती पनि माधव समूहकाे काठमाडौं भेलामा गएर अाएपछि माैनजस्तै बसेकी छन् । उनले सार्वजनिक गरेकाे धारणालाई कतिपयले कर्णालीकाे जस्तो कुटिल खेल हुनसक्ने अांशका भने गरेका छन् । अहिले ८५ सदस्य रहेकाे प्रदेश सभामा एमालेलाई माअाेवादीले समर्थन फिर्ता लिएपछि बहुमत जुटाउन र अाफ्ना सबै सांसदहरू एक बनाउन कसरत गरेकाे छ । एमालेले जसपाकाे साथ लिएर माअाेवादी मन्त्री हटाउने अन्तिम तयारी गरेकाे छ । अाइतबार काठमाडौंबाट बुटवल अाएका मुख्यमन्त्री शंकर पाेखरेलले साेमबार नै मन्त्रीमण्डल बिस्तार गर्न सक्ने उनी निकट स्राेतले बतायाे । यद्यपि जसपाले अाधिकारिक टुंगो नलगाउदा केही लम्बिन पनि सक्नेछ । एमाले स्राेतका अनुसार जसपाका धेरै सांसद अविश्वासको विपक्षमा छन् । मुख्यमन्त्री पाेखरेलले एमालेमा अाएपछि माअाेवादीले कारवाही गरि सांसद पद खारेज भएका नेता दधिराम न्याैपानेसहित जसपाका नेता समेटेर मन्त्री मण्डल बनाउने साेचमा रहेका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्