रूपन्देही । कपिलवस्तुमा छतबाट खसेर १८ महिनाका बालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका वडा ५ चन्द्रौटा सहजटोल बस्ने बसन्त विकका १८ महिनाका छोरा अभिषेक विक आफ्नै घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।
घरकै छतबाट खसेको र उपचारको लागि बुटवलको चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भण्डारीले बताए । शवलाई पोष्टमार्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्