दाङ । कोरोना अस्पताल भरिभराउ भएपछि संक्रमितको उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको इमर्जेन्सी वार्डमा भइरहेको छ ।
कोरोना अस्पतालमा ठाउँ नभएपछि आफन्तले राप्ती प्रादेशिक अस्पतालमा ल्याएका थिए । बिरामीलाई इमर्जेन्सी वार्डमा राखिसकेपछि कोरोना पोजेटिभ भएको थाहा भएको अस्पतालले जनाएको छ । इमर्जेन्सी वार्डमा दम लगाएत अन्य रोगका बिरामी समेत छन् । कोरोना संक्रमित सँगै भएकाले अन्य बिरामीलाई कोरोना सर्ने खतरा बढेको छ । कोरोना संक्रमित इमर्जेन्सी वार्डमा भएपछि स्वास्थ्यकर्मी त्रसित छन् ।
दाङका सबै कोरोना अस्पताल भरिभराउ भएकाले अन्यत्र लैजाने तयारी गरिएको संक्रमितका छोराले बताएका छन् ।
संक्रमित तुलसीपुर ५ का ५४ बर्षिय पुरूष हुन् ।उनलाई आज बिहान ८ बजे राप्ती प्रादेशिक अस्पताल ल्याइएको हो ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्