दाङ । लक लागेको आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा तीनजना बालकको शव फेला परेको घटनाको अनुसन्धान गर्न झन् जटिल भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार । पोस्टमार्टम रिपोर्ट आएपछि अनुसन्धान गर्न झन जटिल भएको छ । उनका अनुसार पोस्टमार्टम रिपोर्टमा चोटपटक पनि नदेखिएको र गाडीमा ´निसास्सिएर मृत्युु भएको भन्न नसकिने` उल्लेख छ । जसका कारण प्रहरीलाई अनुसन्धान गर्न समस्या भएको हो । शव फेला परेको समयभन्दा कम्तिमा २४ घन्टा अघि मृत्युु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख गरिएको छ ।
पोस्टमार्टम रिपोर्टमा कुटपिटबाट मृत्यु भएको नखुलेपछि प्रहरीले अब बिस सेवन गराएको तर्फ अनुसन्धानको सुई घुमाएको छ । जसकालागि प्रहरीले आज बिस सेवन भए/नभएको पत्ता लगाउन भिसेरा काठमाडौ पठाएको छ ।
गाडी मालिक यादव गैरे र चालक पदम बस्नेतलाई कर्तव्य ज्यानमा मुद्दा चलाइएको छ ।
गत शनिबार बेलुकी तुलसीपुर ६ गाइडरका भिमबहादुर परियारका १० बर्षिय छोरा सन्देश,सन्तोष परियारका ७ बर्षिय छोरा सुवर्ण र किरण परियारका ७ बर्षिय छोरा करण लक गरेर राखिएको गाडीमा मृत भेटिएका थिए ।
मृतकका आफन्तले क्षतिपूर्ति पाउनुपर्ने अडान राख्दै शव बुझ्न मानेका छैनन् ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्