दाङ । तुलसीपुरका युवा ब्यबसायी यज्ञबहादुर केसीले बुधबार परेको आफ्नो जन्मदिनमा तुलसीपुर उपमहानगरपालिकालाई अक्सिजन सहयोग गरेका छन् । फजुल खर्च कटाएर उनले कोरोना महामारीलाई जित्न अक्सिजन सहयोग गरेका हुन् ।

Advertisements

पछिल्लो समय जिल्लामा अक्सिजन अभाब भएको अबस्थामा आफूले अक्सिजन सहयोग गरेको केसीले बताए । उनले ५० केजीका २२ थान सिलिण्डर सहयोग गरेको बताए । उक्त अक्सिजनका सिलिण्डर तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको हो । ‘अक्सिजन अभाबका कारण जिल्लामा कसैको पनि अनाहकमा ज्यान नजावस’, उनले भने‘थप सहयोग के–के गर्नुपर्छ म तयार छु ।’ सो अबसरमा प्रमुख पाण्डेले अहिलेको महामारीमा सबैभन्दा ठुलो सहयोग नै मानविय सेवा भएकाले सबै एक ठाउमा उभिनु पर्ने बताए ।

 

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्