दाङ । एमाले परित्यागगरी माओवादी प्रवेश गरेकी लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीको घरमा अज्ञात समुहले कालो झण्डा राखेको छ । आज बिहानै तुलसीपुर ६ टरीगाउँस्थित सांसद वलीको घरको गेटमा कालो झण्डा देखेको स्थानीय डम्बर भण्डारीले जानकारी दिएका छन् । भण्डारी वलीका छिमेकी हुन् । भण्डारीका अनुसार आज बिहान करिब ८ बजे मोटरसाइकलमा आएका दुईजना युवाले झण्डा तानेर लगिसकेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले सांसद वलीको घरमा कालो झण्डा राखेको खबर पाएपछि प्रहरी पुगेको र त्यतिबेला झण्डा नभेटिएको जनाएको छ । तुलसीपुरका डीएसपीले सांसदको घरमा कालो झण्डा कसले राखेको भन्ने बिषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । सांसद वली माओवादी प्रवेश गरेपछि रुष्ट बनेका एमालेका कार्यकर्ताले कालो झण्डा राखेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ । सांसद वली भने टरीगाउँको तीन तले घरमा ताला लगाएर घोराहीमा भाडामा बस्दै आएकी छन् ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्