दाङ । कोमल वली अर्थात पोइल जान पाम भन्दै शिवजी(भगवान्) गुहार्ने एउटी गायिका,राप्रपा हुँदै एमालेमा गएपछि नेताको आशिर्वाद पाएर राष्ट्रिय सभा सदस्य बनेकी भुँइफुट्टे नेतृ । हाइफाई देखाउने उनको स्वाभाव नै हो । उनलेे यतिसम्म गरिन कि उनकै गृह जिल्ला दाङमा कोरोना संक्रमितलाई उपचार गर्दा स्वास्थ्यकर्मीले प्लास्टिक लगाउन बाध्य छन् भने सांसद वली चैँ स्वास्थ्य मन्त्री लाई ज्ञापनपत्र बुझाउँदा पनि पिपिइ लगाउँछिन् । अरे वाह ! माननीय ज्यू ! जनता लाई अक्सिजन अनि,स्वास्थ्यकर्मीलाई पिपिई छैन्,तपाईंलाई भने मन्त्रीलाई भेट्न पनि पिपिइ छ्या ! हामीलाई कोमल वली जस्तो चटके माननीय चाहिदैन । -चन्द्रकान्त उदास,दाङ

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्