सरला सुवेदी                                                                बाँके । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको छ । भारत र नेपाल दुवै देशमा भाइरस संक्रमण अस्वभाविक ढंगबाट बढिरहेको छ । भारतमा रोजगारीको शिलशिलमा पुगेका नेपालीहरु त्यहाँको संक्रमण छल्न स्वदेश अर्थात नेपाल फर्किनेक्रम पनि जारि छ।

Advertisements

नेपाल भारत सीमानाकामध्ये अहिले नेपाल सरकारले १३ वटामात्रै खुला गरेको छ। त्यसमध्येको जमुनाह नाका पनि एक हो । यही नाका भएर आउने नेपालीहरुलाई सशस्त्र प्रहरीको चेक पोष्ट जमुनाहले मास्क र सेनिटाइजर वितरणलाई तीब्रता दिएको छ । बैशाख २२ गतेदेखि हालसम्म १८ हजार मास्क र ४० लिटर सेनिटाइजर वितरण गरिएको सशस्त्र प्रहरीका जमुनाह पोष्टका प्रमुख जीवनलाल बुढाले जानकारी दिनुभयो ।

उहाँले भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई नयाँ मास्क दिने गरिएको हो । सेनिटाइजर नभएकालाई सेनिटाइजर समेत दिने गरिएको बताउनु भयो ।कोरोना भाइरस संक्रमणको जोखिम कम होस् भन्ने उद्देश्यले यो अभियान थालिएको बुढाको भनाइ छ ।

Advertisements

यसअघि जमुनाह नाकामा कोभिड संक्रमितलाई राख्न अस्थायी आइसोलेसन बनाइएको थियो । कोरोना संक्रमितलाई बसाउन मिल्नेगरी अस्थायी आइसोलेसन तयार पारिएको थियो। यो नाकाबाट फर्किनेहरुमा १७५ जनामा भाइरस संक्रमण देखिएको छ । शंकास्पद व्यक्तिहरुमा गरिएको एन्टिजेन परीक्षणमा भाइरस देखिएको हो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्