गणेश आचार्य
दाङ । राप्ती नदीमा स्थानीय प्रशासन,प्रहरी र जनप्रतिनिधीको मिलेमतोमा दोहन भइरहेको छ ।
लमही गढवा सडक खण्ड अन्तरगत राप्ती नदीकोे पुलदेखी पूर्व तर्फ, नदिमा जेसिबी र टिप्पर प्रयोगगरी ठेकेदारले मापदण्ड विपरीत उत्खनन् गरिरहेका छन् । त्यहाँका ठेकेदालाई गढवा गाउँपालिकाले उत्खनन्को अनुमती दिएको हो । नियम अनुसार नदीजन्य पदार्थको उत्खनन् गर्दा ८० सेन्टिमीटर भन्दा बढी गहिरो खन्न पाइँदैन् । तर, राप्ती नदिमा टिप्पर नै नदेदिने खाडल बनाइएको छ । यसरी अबैध उत्खनन् हुँदा समेत नियमन निकाय भने आँखामा पट्टी बाँधेर बसेका छन् ।
उत्खनन्को अनुमति दिएपछी नियम अनुसार उत्खनन् भएको छ की छैन ? भनेर बेलाबेलामा स्थानीय तह,जिल्ला समन्वय समिती र जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्नुपर्छ । तर,ठेकेदारको प्रभावमा परेर हालसम्म कुनैपनि निकायले अनुगमन गरेका छैनन् । अनुमगन गरे अबैध ठहर्ने र उत्खनन् नै बन्द गरी ठेकेदारलाई कार्वाही गर्नुपर्ने भएकाले नियमन निकायले अनुगन नै नगरेको स्थानीयको भनाई छ । सिडिओ,एसपी,जिल्ला समन्वय समिती र गाउँपालिका अध्यक्ष ठेकेदारसँग मिलेकाले अनुगन नै नगरेको स्थानीय महेश यादवले बताए ।
वातावरणीय प्रभाव मुल्यांकनगरी उपयुक्त ठहरेको स्थानबाट मात्रै नदिजन्य पदार्थको उत्खखन् गर्न पाइन्छ । तर,राप्ती नदीमा ठेकेदारले जथाभावी उत्खनन् गरिरहेका छन् ।
‘ऊ त्यो किनारबाट उत्खनन गर्ने भनेर सर्भे भएको थियो ।’स्थानीय अगुवा पर्शु चौधरीले भने,अहिले उत्खनन् भइरहेको ठाउँ धर्मपुरका गाउँलेले खेतीपाती गर्ने ठाउँ हो ।’ बगर खेती गरिदै आएको ठाउँबाट उत्खनन गरिएकोस्थानीयका दावीे छ । जथाभावी उत्खनन गर्दा नदी किनारमा ठूला खाडल परेका छन् । ती खाडल पशुचौपाया बर्खामा डुब्ने गरेका छन ।‘अहिले उत्खनन गरेर खाडल पारिन्छ । बर्षामा पांगो माटो जम्मा हुन्छ र दलदल बन्छ ।’चम्पा चौधरीले भने,‘अब यी खाल्डामा बर्खामा मान्छे डुब्ने खतरा छ ।’ गढवा गाउँपालिका–७ झारबैराको सीमानामा समेत जेसीविले उत्खनन् गरिरहेको स्थानीय हरी डाँगीले जानकारी दिएका छन् ।
सिडिओ,एसपी र गाउँपालिका अध्यक्षलाई ठेकेदारले मोटो रकम बुझाएर जथाभावी उत्खनन् गरेको स्थानीयको आरोप छ । ‘हामीले अबैध उत्खखन् गर्नेलाई कावार्ही गनुप¥यो भनेर सिडिओ,एसपी र गाउँपालिका अध्यक्षलाई धेरैपटक फोन ग¥यौँ ।’स्थानीय गोबर्धन खड्काले भने,‘तर,सबैबाट हुन्छ भन्ने मात्रै भयो । कुनै कावार्ही भएन ।’ अबैध उत्खनन्को बिरोध गर्दा आफूहरु असुरक्षित भएको समेत उनको भनाई छ । बिरोध गरेका जेपनि हुन सक्ने भन्दै ठेकेदारहरुले धम्की दिने गरेको खड्काले बताए । ठेकेदारले आफूहरुले सबैलाई किनेकाले कसैले पनि उत्खनन् रोक्न नसक्ने भन्दै ठेकेदारले बिरोध नगर्न चेतावनी दिने गरेको उनको भनाई छ ।
खासमा लकडाउनको समयमा उत्खनन् गर्न दिनु नै बदामाशी हो । कुनै राष्ट्रिय गौरवका आयोजना भए त्यहाँ काम गर्दा समेत स्थानीय प्रशासको अनुमती लिनुपर्छ । ठेकेदारले क्रसरमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेका छन् । तर,पनि प्रहरी मौन छ । दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले लकडाउन अबधिभर कसैले पनि उत्खनन् गर्न नपाउने बताउँछन् । ‘लकडाउनमा उत्खनन् गरे कार्वाही हुन्छ ।’उनले भने,‘नियम मिच्ने अधिकार कसैलाई छैन् ।’ तर,राप्ती नदिमा उत्खनन् भएकोमा प्रजिअ पौडेल बेखबर भने छैनन् ।‘गाउँपालिकाले अनुमती दिएको छ भन्ने सुनेको छु ।’उनले भने,‘तर त्यो काम गलत हो ।’
स्थानीयले अबैध उत्खनन् रोक्न भनेर तपाईलाई जानकारी गराउँदा कुनै सुनुवाई गर्नु भएन रे हो ? भन्ने प्रश्नमा प्रजिअ पौडेलले जवाफ दिन सकेनन् । उनले भने,‘त्यो अबैध नै हो,हामी अनुगमन गर्छौ ।’
ठेकेदारसँगको मिलेमतोको बिषयमा प्रतिक्रिया लिन खोज्दा दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दसँग भने सम्पर्क हुन सकेन । स्रोतका अनुसार राष्ट्रिय अनसन्धान बिभाग दाङका प्रमुखले समेत ठेकेदारबाट रकम असुल्ने गरेका छन् ।
गाउँपालिका अध्यक्ष सहजराम यादवले भने अबैध उत्खनन् गर्ने ठेकेदारको बचाउ गरे । ‘ठेकेदारले राजश्व तिरेका छन् त्यसैले मेसिन लगाएर उत्खनन् गर्न दिएका हौँ ।’उनले भने,‘की ठेकेदारको पैसा फिर्ता गर्नुप¥यो की उत्खनन् गर्न दिनप¥यो ।’ उनले ठेकेदारले गल्ती नगरेको दावी गर्दै गल्तीको भए गाली गर्ने बताए । ‘ठेकेदारले अनुमती अनुमती अनुसार काम गरेका छन् ।’ अध्यक्ष यादवले भने,‘गल्ती गरेको भए हामी ठेकेदारलाई गाली गर्छौ ।’

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्