दाङ । कोरोना संक्रमितको मृत्युुपछि भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मीलाई सांघातिक आक्रमण भएको छ । कोरोना संक्रमित दाङको उरहरीका ५१ बर्षिय डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्युु भएपछि उनका आफन्तले स्वास्थ्यकर्मीलाई आक्रमण गर्नुका साथै अस्पतालमा तोडफोड गरेका छन् । गत ४ जेठमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमित रावतको बिहीबार राति करिब साढे आठ बजे मृत्यु भएको थियो ।
मृतकका आफन्तले लाठीले आक्रमण गर्न थालेपछि डाक्टर र स्टाफ नर्सले एक तलामाथिबाट हाम फालेर ज्यान जोगाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिए ।
बिरामीका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सक र स्टाफ नर्समाथि आक्रमण गरेको अस्पताल प्रशासनले जनाएको छ ।
बिरामीका आफन्तले अस्पतालको झ्याल–ढोकाका सिसा फुटाएको बाँके प्रहरी प्रमुख एसपी ओम रानाले बताएका छन् । एसपी रानाका अनुसार स्वास्थ्यकर्मीमाथि आक्रमणगरी अस्पताल तोडफोड गरेको अभियोगमा मृतकका भाइ मानबहादुर रावत सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकालाई कानुनी अनुसार पक्राउ गरिने प्रहरीले जनाएको छ ।
दोषीलाई कानुनी कार्वाही नभए आफूहरूले अस्पतालमा सेवा ठप्प पार्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन् ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्