काठमाडौ । महिला प्रहरीमाथि उत्पीडन गरेको आरोपमा बेलचौतारा गण,तनहुँका एसपी दयानिधी ज्ञवालीमाथि अनुसन्धान शुरु भएको छ । उनीविरुध्दको उजुरी सम्बन्धित महिला प्रहरी कर्मचारीबाट प्रहरी प्रधान कार्यालयले प्राप्त गरेको हो ।

Advertisements

पीडित भनिएकी महिला प्रहरी आफैँ निवेदन बोकेर प्रहरी हेडक्वार्टर नक्साल पुगेकी थिइन् । अहिले त्यहि निवेदनलाई अनुसन्धानको केन्द्र बनाइएको बुझिएको छ ।

कोरोना महामारीका कारण उत्पीडनको आरोप लागेका एसपीलाई बोलाएर बयान लिने योजना पनि हेडक्वार्टरले बनाएको स्रोतको दाबी छ । अहिलेसम्मको हिसाबले बदनियत देखिएकै छ । उच्च स्रोत भन्छ,‘यसमा नेतृत्व संवदेनशील छ ।’

Advertisements

ज्ञवालीको विगत बताउँदै स्रोत भन्छ,‘इन्स्पेक्टरदेखि नै काण्डै काण्डमा संलग्न मान्छे हुन् । उनको पछिल्लो उत्पीडनबारे समाचार बाहिर आएपछि एसपीले प्रहरी प्रवक्ता वसन्त कुँवरसँग संगठनको गोपनीयता कसरी बाहिर गयो भनेर सोधेको बताइन्छ ।

प्रहरी प्रधान कार्यालय भने कोरोना महामारीमा समेत आरोपको प्रमाण जुटाउन लागि परेको देखिन्छ । स्रोत भन्छ ‘हामीले प्रमाण जुटाउने हो । स्पस्टिकरण सोध्ने तयारी छ । त्यसपछि जे ठहर्छ त्यहि हुने हो ।’

यसअघि उनका धेरैवटा लफडा राजनीतिक ढाकछोप र प्रयासबाट जोगिएको थियो । अहिले भने त्यस्तो हुन नसक्ने ऊजुरीकर्ताको प्रस्तुतिबाटै देखिएको बताइन्छ । प्रहरी प्रमुख स्वयं यस्ता कुरामा निडरतापूर्व छानबिन गर्नुपर्ने अडानमा रहेकाले ज्ञवालीलाई यस पटकको काण्ड निकै महँगो पर्ने स्रोतको दाबी छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्