लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान सुरु भएको छ । दाङको घोराहीमा मतदान सुरु भएको हो ।

Advertisements

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मतदान गरेका छन् । उनले मतदानको सुरुवातमै आफ्नो मत दिएका हुन् ।

निर्वाचनमा मतदान गर्ने मतदाताहरूले अनिवार्य पिसिआर परीक्षण रिपोर्ट ल्याउनुपर्ने आयोगले जनाएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानका लागि समय तोकिएको आजको निर्वाचनमा कुल मतदाता ३ सय रहेका छन् ।

Advertisements

कुल मतदातामध्ये प्रदेश सांसदको संख्या ८३ रहेको छ । स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता रहेका छन् ।सर्वोच्च अदालतले जेठ ३ गते अल्पकालीन आदेश जारी गरेबमोजिम संविधानको धारा १२८ को उपधारा ४ को व्यवस्था अनुसार पूरक मतदाता नामावलीका रुपमा प्रदेश निर्वाचन कार्यालयले उनीहरूलाई मतदाताका रूपमा समावेश गरिएको उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्