गणेश आचार्य
दाङ । राष्ट्रिय सभा सदस्य कोमल वलीका भतिज बिरवल खड्काले ग्वार खोलामा उत्खनन्को अबैध भन्दा चलाएका छन् । उनले ग्वार खोलाबाट ढुंगा,ग्राभेल र बालुवा स्टकगरी राख्ने गरेको पाइएको छ । खड्काले फुपु नाता पर्ने कोमल वली राष्ट्रिय सभा सदस्य भएको फाइदा उठाउँदै उनकै संरक्षणमा अबैध उत्खनन् गर्ने गरेको स्थानीयहरु बताउँछन् ।

Advertisements

उनले अबैध उत्खनन् गर्दा प्रहरी समेत मुखदर्शक बन्ने गरेको छ । पुलको ५ सय मिटर वरपर उत्खनन् गर्न पाइदैन् । तर, खड्काले कोमल वलीको आडमा ग्वार खोलाको पुलमूनी समेत डोजर लगाएर उत्खनन् गर्ने गरेका छन् । उनले अबैध उत्खनन्मा प्रयोग गर्ने डोजर नियन्त्रणमा लिँदा समेत कोमल वलीको दवाबमा विना कार्वाही छाड्ने गरेको छ ।

आज बिहान ग्वार खोलास्थित अस्थायी प्रहरी चौकीले खड्काले अबैध उत्खनन्मा प्रयोग गरेको डोजर नियन्त्रणमा लिएर चौकीमा राखेको थियो । तर,कोमल वलीको दवाबमा प्रहरी उक्त डोजर केही घण्टामा बिना कार्वाही छाडेको प्रहरी स्रोतले जानकारी दिएको छ । ‘ बिरवलको डोजर नियन्त्रणमा लिएर चौकीमा राखिएको थियो ।’ प्रहरी स्रोतले भन्यो,‘कोमल वलीको दवाब भन्दै माथिबाट फोन आयो,अनि विना कार्वाही छोड्नु प¥यो ।’

Advertisements

खड्काले अबैध उत्खनन्गरी ढुंगा,ग्राभेल र बालुवा घर वरपर राखेर बेच्ने गरेका छन् । उनको घर अगाडी र घरदेखी पूर्वतर्फको चौरमा सय टिप भन्दा बढी चोरीको ढुंगा,ग्राभेल र बालुवा स्टक राखेका छन् ।

 

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्